Sunday, June 30, 2013



गुरुले चेलालाई वाण हान्न सिकाइराथ्यो ।

एउटा चेलाले वाण हानेछ तर निशाना भन्दा पर लागेछ ।

चेलाः साला, निशाना चुक्यो ।

गुरुः वाण हान्ने बेलामा यस्तो नराम्रो शब्द बोल्नु हुदैन ।

चेलाले फेरी अर्को वाण हानेछ । फेरी निशाना चुकेछ ।

चेलाः साला, निशाना चुक्यो ।


गुरुः तलाई मैले अगिनै भनेको होइन, वाण हान्ने बेलामा यस्तो नराम्रो शब्द बोल्नुहुन्न भनेर । अझै एकचोटी बोलिस् भने आकाशबाट एउटा वाण आउनेछ र तेरो आँखामा लाग्नेछ ।

फेरी चेलाले वाण हानेछ । फेरी पनि निशाना चुकेछ ।

चेलाः साला, निशाना चुक्यो ।

त्यति भन्दा बित्तिकै आकाशबाट वाण आएछ र गुरुको आँखामा वाण लागेछ ।

अनि आकाशबाट आवाज आएछः"साला, निशाना चुक्यो ।"

कती हास्ने म त हासेरै मर्ने भए ।

Next
Newer Post
Previous
This is the last post.

0 comments:

Post a Comment

Kasto Lagyo ? Comment Thokam

 
>